४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

उपत्यकामा कोरोना संक्रमण बढदै, चाडपर्वको भिडभाडमा स्थीति भयाबह हुन सक्ने भन्दै सजक रहन स्वास्थ्य कर्मिहरुको सुझाव

काठमाडौं । उपत्यकाको भित्री समुदायमा कोरोना फैलिन थालेको आसंका गरिएको छ ।
लकडाउन खुले संगै तथा पास बनाएर काठमाडौं प्रबेश गर्ने मानिसहरु बाट काठमाडौंमा कोरोना बढि भित्रिएको अनुमान गरिएको छ ।
उपत्यका प्रबेश गर्ने मानिसहरुमा कोरोण परिक्षण गर्दा ठुलो संख्यामा कोरोना पोजेटिभ भेटिए पछि उपत्यका प्रबेश गर्नेहरुबाटै काठमाडौंमा भाईरस भित्रिएको बताईएको छ ।
जन सम्पर्कमा बढि रहेका उपत्यकाका सुरक्षा निकाए, स्वास्थ्य कर्मिमा कोरोना देखिनुले उपत्यकाका भित्रि स्थानमा कोरोन संक्रमन निरन्तर बढिरहेको हुन सक्ने देखिएको हो ।
अन्य जिल्लाको तुलनामा उपत्यकामा मानिसको चहल पहल बढि भएका कारण पनि भित्रभित्रै कोरोना संक्रमन तिव्र गतिमा फैलिएको हुन सक्ने भन्दै उपत्यका बासी चिन्तित बनेका छन् ।
उपत्यका प्रबेश गर्ने नाकामा पुन चेकजाँच कडाई तथा कोरोना परिक्षण गरेर मात्र प्रबेश अनुमाति दिन गृह मन्त्रालयले यस अघि निर्देशन जारी गरिसकेको छ । अत्यावस्यक काम बाहेकका अन्यकाममा हिड्डुल नगर्न समेत मन्त्रालयले सवैमा आग्रह गरेको छ ।


कोरोना संक्रमन समुदायमा बढ्न थालेको भन्दै प्रदेश ५ को नेपालगंज, २ को बिरगंज जस्ता शहरमा स्थानिय सरकारले निषेधाज्ञा लगाउन थालेको छ । भने पुन लकडाउन घोषण गर्ने तैयारी समेत गरेको समाचारहरु बाहिरीएका छन् ।
हिन्दुहरुको जनसंख्या धेरै रहेको नेपालमा नजिकिरहेको हिन्दुहरुको चाडपर्वका कारण बजारम चहलपहल बढेको छ । चाडपर्वका सामग्री किन्ने मानिसको भिडभाड संगै समुदायमा कोरोना बढि फैलन सक्ने स्वास्थ्य कर्मिहरु बताउँछन् ।
भित्रिरहेको चाडपर्वका समयमा सरकारले किनमेलको उचित व्यवस्थान नगरे संक्रमण दर अझै बढ्न सक्ने र स्थीति भयावह हुन सक्ने स्वास्थ्य कर्मिहरुले चेतावनी दिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*