१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

उखु किसान र सरकारबीच आज वार्ता


विगत १६ दिनदेखि उखुको भुक्तानी माग गर्दै माइतीघर मण्डलामा आन्दोलनरत किसान र सरकारबीच आज वार्ता हुनेभएको छ । आज दिउँसो ३ बजे वार्ताका लागि सरकारले बोलाएको सर्लाही किसान आन्दोलन संघर्ष समितिका सचिव हरेश्याम यादवले जानकारी दिए।

चिनी उद्योगीबाट उखु किसानले करिब ९० करोड रुपैयाँ लिन बाँकी छ। सात वर्षदेखिको पैसा उठाउन बाँकी भए पनि सरकार र उद्योगीले पैसा दिनुको साटो झुक्याइरहेको किसानको गुनासो छ। यो बीचमा केही उद्योगीले किसानको खातामा केही पैसा हालिदिए पनि त्यो सरकारले तोकेको मूल्यभन्दा कम रहेको किसानको गुनासो छ।

सरकार र उद्योगी मिलेर पुनः आफूहरूलाई झुक्याउन खोजेको भन्दै किसानले सबै भुक्तानी नपाउँदासम्म आन्दोलन नरोक्ने अडान दोहोर्‍याएका छन्। आन्दोलन नरोकेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*