८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

इंग्लिस क्लब आर्सनल शतप्रतिशत जित निकाल्दै युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डको डुनडल्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्सनलले शतप्रतिशत जित निकालेको हो ।

डुनडल्कको मैदानमा १२ औं मिनेटमा एडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा मोहमेद एल्नेनीले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । खेलको २२ औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गर्दै डुनडल्कलाई २-१ को स्थितिमा ल्याए । ६७ औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दा आर्सनल ४-१ ले अघि रह्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा घरेलु टोलीका सिन होआरेले गोल गरेपनि आर्सनल ४-२ ले विजयी भयो । जितसँगै समूह बी को आर्सनल ६ खेलमा १८ अंक जोड्यो । शतप्रतिशत जित निकालेको आर्सनल समूह विजेता समेत बनेको छ ।

डुनडल्कले अंक विहीन रहदै समूह चरणको अन्त्य गर्यो । यसै समूहको अर्को खेलमा मोल्डेले रापिड विनसँग २(२ गोलको बराबरी खेलेको छ । मोल्डे समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । मोल्डेले ६ खेलमा १० अंक जोड्यो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*