११ कार्तिक २०७८, बिहीबार  |  28 October 2021,Thursday
Ad

आफ्नै देशमा सोरोजगार बन्न चाहनेलाई रोल्पाका महेन्द्रको राम्रो सल्लाह

रोल्पाका महेन्द्र सिंङ घर्तीको ४ जनाको परिवार छ । उनको दुई छोरा, श्रीमती र आफु गरी ४ जनाको परिवार गाउँ घरमा खुसि र उदाहरणीय परिवारको रुपमा चिनिन्छन् । घर्तीका एक छोरा भारतमा CA पढ्छन् । अर्का छोरा सिन्धुप्लानचोकमा जागिर गर्छन् ।
महेन्द्र अहिले ५८ बर्ष पुगे । ढल्कदो उमेरमा पनि उनि युवा जस्तै फुर्तिला र जाँगरिला छन् । महेन्द्र दिनभरी घर नजिकैको तरकारी बारीमा भेटिन्छन् । महेन्द्रले तरकारीबाट बार्षीक ५ लाख रुपैयाँ आम्दानी गर्छन् ।
२०६७ साल देखि श्रीमती र आफु यहि पेशामा लागेको र राम्रै कमाउने गरेको उनको भनाई छ । घर व्यवहार चलाउन, एउटा छोरालाई भारतमा CA पढाउन यो पेशले महेन्द्रलाई प्रसस्तै पुग्छ रे ।
महेन्द्र भन्छन् “म खुसि छु कुनै समस्या छैन, बुढा बुढी काम गर्छौ खान्छौ, आम्दानी पनि राम्रै छ”। यहि पेशाले सवै पुगेका छ ।


महेन्द्र २०६६ सालमा छिमेकी देश भारतबाट नेपाल फर्किएका हुन् । उनि युवा हुँदा रोजगारीकालागि भारत गएका रे । १५ बर्ष उतै जागिर गरे । “अर्काको देशमाका सान, मान संग बस्न पाईन्छ र ? भनेजति तलव पनि पाइदैन” । गाह्रो हुन्छ नि अर्काको देशमा काम गर्न” उनि थप्छन् ।
महेन्द्रले २०६७ सालमा तरकारी खेति गर्ने भनेर रु. एक लाख ऋण लिएका थिए । रोल्पाको स्थानीय मेचिकाली बचत तथा ऋण सहकारी संस्थाबाट उनिले ऋण पाएका थिए ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत पाएको ऋणबाट उनको तरकारी खेति सुरु भएको थियो ।
उनको अहिले रोल्पा नगरपालिका २ मुलपानीका ३ स्थानका भण्डै १० कठ्ठा क्षेत्रफलमा तरकारी खेति छ । सुरुमा ऋण लिन महेन्द्रलाई युवा तथा साना व्यवसायी सोरोजगार कोष रोल्पाका सहजकर्ता ज्ञानेन्द्र शर्माले सहजिकरण गरेका थिए । त्यहि सानो सहयोगले अहिले आफु आफै स्वरोजगार भइ यहाँसम्म आउने वातावरण सिर्जना गरिदिनएकोमा शर्मालाई धन्यवाद दिन्छन् महेन्द्र । महेन्द्रको तरकारी अहिले बुटवल, दाङ, र स्थानीय बजारमा खपत भैरहेको छ । माल तयार भयो भनेर फोन गरेपछी बुटवल, दाङबाट गाडी आउँछन् लिन महेन्द्र भन्छन् । “राम्रै भइरहेको छ, खेर जाने र बजार नपाउने समस्या छैन्” ।
महेन्द्रको बारीमा बिशेष गरी मौषमी तरकारी खेति हुने गर्छ । टमाटर, बोडी, काँक्रा खुर्सानी, आलु, काउली, केराउ जस्ता दर्जन बढी तरकारी फलाउँछन् उनि ।

आफ्नै गाउँघर, आफ्नै माटोमा खेल्दै आम्दानी गर्न पाउँदा खुसि लाग्ने उनको भनाई छ ।
युवा तथा साना व्यवसायी सोरोजगार कोषको ऋणले महेन्द्रको व्यवसाय अहिले ठुलै भएको छ । घर छेउमै बाख्राको खोर छ । खोरमा ३० जिउ बाख्रा छन् । बोयर, जमुनापारी, बाबरी जातका बाख्रा पालन गर्दै आईरहेका छन् उनि । बाख्रबाट मात्रै महेन्द्रले बार्षीक झण्डै ३ लाख कमाउछन् रे ।
उनले पालेको बोयर जातको खसी एक हजार रुपैयाँ केजिको दरले बिक्छ रे । त्यस्तै जमुनापारी र बाबरी जातका चाहि ५०० रुपैया किलोको बिक्ने उनको भनाई छ । महेन्द्रले आफुले पालन गरेका खसी एक बर्षमा ३५ किलोका सम्म हुने गरेको भन्छन् ।


बाख्रा पालनबाट उत्पादन भएको मल उनि तरकारी खेतिमा प्रयोग गर्छन् । तरकारीको हरियो परियो बाख्राको घाँसमा रे । दुवै व्यवसायको प्रकृति र प्रयोग मिल्छ त्यही भएर पनि सजिलो भएको उनको भनाई छ ।
४ जिउ बाख्राबाट सुरु गरेकोमा अहिले ३० जिउ पुग्दा आफु निकै खुसि भएको र आम्दानी पनि राम्रै हुने भएको यस्तो व्यवसाय अरुलाइ पनि गर्न महेन्द्र सल्लाह दिन्छन् ।
एक लाख ऋणबाट सुरु गरेको यो व्यवसाय अहिले झण्डै १० लाख सम्म पुगेको महेन्द्र दावि गर्छन् ।
महेन्द्रको यो व्यवसायलाई अझ ठुलो बनाउदै लैजाने सोच छ ।
गाउँघरका रोजगार नपाएका, बिदेश जाने सोच भएका युवाहरुलाई यहि रोजगार दिने समेत आफ्नो योजना रहेको उनि बताउँछन् ।
गाउँघरमै आफुले पाएको सफलता कारण र सिप अरुले सिक्न चाहे बाँडने र नेपालीलाई सोरोजगार बनाई समृद्ध नेपाल बनाउ सघाउने समेत महेन्द्रको चाहाना छ रे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*