८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

आफु पक्षका सांसदलाई ओलीको निर्देशन : माफि माग्दै नयाँ जनमतका लागि जनतामा जानुस् निर्देशन


प्रधानमन्त्री केपी ओलीले आफूलाई जनादेश अनुसार काम गर्न नदिएको र पार्टी एकतालाई पनि पूर्ण गर्न नदिएकाले बाध्य भएर संसद विघटनको निर्णयमा पुर्याएको बताएका छन् ।

आफू पक्षीय सांसदहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो हात बाँधेर काम गर्न नदिएकाले बाध्य भएर पछिल्लो निर्णयमा पुगेको स्पष्टिकरण दिए ।

ओलीले जनतासँग पाँच वर्षको स्थायी सरकारका लागि जनादेश मागेको तर सो अनुसार मलाई काम गर्न नदिएकाले जनतासँग माफी मागेर संसद विघटनको कारण स्पष्ट पारी मत माग्न निर्देशन दिए ।

राष्ट्रपति विरुद्ध महाअभियोग तथा आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएकाले बाध्य भएर संसद विघटन गरेको ओलीले बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*