news samaya Logo
 |  17 June 2021,Thursday
Ad

आज राष्ट्रिय टोपी दिवस मनाइँदै

  • १७ पुष २०७७, शुक्रबार
  • समाज


आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस मनाइँदैछ। विभिन्न संघ संस्थाहरुले छुट्टाछुट्टै कार्यक्रम गरी टोपी दिवस मनाउन लागेका हुन्। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा ‘औपचारिक राष्ट्रिय पोशाक दिवस’ मनाउँदैछ।

प्रतिष्ठानले ‘हाम्रो शान, हाम्रो स्वाभिमान स् राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित २०७० साल पुस १७ गतेदेखि हरेक वर्ष यो दिवस मनाउन थालेको अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिए।

उनकाअनुसार बिहान ८ बजे राष्ट्रिय पोशाक दौरासुरुवाल, गुन्यूचोली र राष्ट्रिय भण्डासहित उपस्थित भएर र्‍याली गरी माइतीघर मण्डलामा कोणसभा गर्ने कार्यक्रम तय भएको छ।

सेयर गर्नुहोस ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*

shares