७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

आज बर्षकै सवैभन्दा जाडो, उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री


काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको छ।

हिजो काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो। यसअघि गएको पुस ३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो। आज भने काठमाडौंको तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ।

आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ। तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*