१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

आचारसंहिता बारे दलहरुसंग छलफल गर्दै निर्वाचन आयोग


निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको विषयमा आज राजनीतिक दलसँग छलफल गर्दै छ । आयोगले आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ । सोही मस्यौदामा रहेर दलका प्रतिनिधिहरुसँग सुझाव लिन लागेको हो ।

आइतबार बिहान ११ बजे दलका प्रतिनिधिहरुलाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दलको सुझावपछि आयोगले आचारसंहिताबारे निर्णय गर्ने उनले बताए । आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको छ ।

निर्वाचन आयोगले चुनावलाई मितव्ययी, पारदर्शी बनाउन तयार पारेको मस्यौदामा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर खर्च गर्नुपर्ने उल्लेख छ ।

निर्वाचन खर्चसम्बन्धी आचारसंहितामा दलको विधानबमोजिम आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने, खाता सञ्चालन तथा निर्वाचन खर्चको कारोबार पारदर्शी हुनुपर्ने आयोगको प्रस्ताव छ ।

त्यस्तै, पाँच हजारभन्दा बढी चन्दा लिनुपर्ने भए बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने गरी आयोगले मस्यौदा बनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*