१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

आगलागीमा परी एक महिलाको मृत्यु, एक गम्भीर घाइते

२१,फाल्गुन, म्याङलुङ । तेह्रथुम जिल्लाको छथरगाउँपालिका–२ हमरजुङमा मंगलबार (आज) बिहान आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ, भने अर्का एक गम्भिर घाईते भएकी छन ।
मृत्यु हुनेमा हमरजुङकी राममाया कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको रहेकी छन् । भने आमा राममाया जलेर गम्भिर घाईते भएकी छन् ।
बिहान करिव सवा ६ बजे काठले बनेको दुईतले घरमा आगलागी हँुदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
गम्भिर घाईते आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचार पछी थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । आगलागीको कारण भने थाहा हुन सकेको छैन । आगलागीबाट झण्डै रु १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*