८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

आकर्षक मानिएको इजरायलमा रोजगारी खुलाउन सरकार पहल गर्दै

काठमाडौं । रोजगारीकालागि आकर्षक गन्तव्यका रुपमा चिनिने इजराईल रोजगारीमा जाने वातावरण सिर्जना गर्न सरकारले पुन पहल गर्ने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिने कार्ययोजना तथा प्रगति विवरण पेश गर्दै इजरायल रोजगारीलाई खुलाउन सरकारले पहल गर्ने बताएका हुन् ।
आफु मन्त्री भएको डेढ महिनामा थुपै कामको पहल भएको भन्दै ३ हजार ६ सय ६६ जनालाई सिपमुलक तालिम दिएको समेत बताए ।

यस भन्दा अगाडीका मन्त्रीले चालेका राम्रा कामलाई मध्यनजर गर्दै जापान रोजगारीमा पठाउन पनि पहल भइरहेको मन्त्री राय यादवले जानकारी दिए ।
नीजि क्षेत्रसँग मिलेर काम गर्ने योजनामा सरकार रहेको भन्दै तीन महिनामा श्रम बैंकलाई सुचारु गर्ने र श्रमिक बैंक गठन गर्नलाई गृहकार्य भैरहको उनको भनाई थियो ।
वैदेशिक रोजगारको लहर बढिरहको बेला यसलाई थप व्यवस्थित गर्न वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने तयारी गरिएको समेत उनले बताए ।
यस वर्ष मन्त्रालयले ६० हजारलाई बेरोजगार भत्ता वितरण गर्ने योजना रहेको मन्त्री राय यादवले सुनाए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*