१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालद्धारा चिन पराजित

१३, फाल्गुन, काठमाडौ । थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा चीनलाई हराउदै नेपाल बिजयी भएको छ ।
लिग अन्तर्गत सोमवार (आज) भएको पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराएको छ ।
थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीन २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर ७२ रन बनायो ।
खेलमा नेपालकी सीता राना मगरले ३ विकेट लिइन, कविता कुँवरले १ विकेट लिईन । चीनका लागि झाङ मेईले सर्वाधिक ३३ रन बनाएकी थिईन भने सेन झुले १८ रन मात्र बनाएकी थिईन भने अन्यले दोहोरो रनको स्कोर नै छुन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मध्यम प्रदर्शन गर्दै पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनायो । नेपालका लागि क्रमस कालोल श्रेष्ठले १८, सीता राना मगर ११ र बिन्दु रावलले १० रन बनाएका थिए भने इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन मात्र बनाईन ।
चीनकि वाङ मेङ र हान लिलीले समान २र२ विकेट लिएकी थिईन ।
यो जितसँगै नेपालले ५ खेलबाट ४ जितसहित ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।
५ खेलबाट शतप्रतिशत जित निकालेको थाइल्याण्ड १० अंकसहित शीर्ष स्थानमा यथावत छ भने ४ जितसहित रनरेटका आधारमा युएई दोस्रो स्थानमा छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*