६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि लगाए कोभिड-१९ को खोप

अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई कोभिड–१९ विरुद्धको खोप दिइएको छ । नागरिकमा खोप प्रयोगका लागि आत्मविश्वास बढाउनका लागि दिइएको उक्त खोप अमेरिकी टेलीभिजनहरूले प्रत्यक्ष प्रशारण गरेका थिए ।

ह्वाइट हाउसमा खोप लिएपछि अमेरिकी उपराष्ट्रपति पेन्सले भने, ‘कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन मैले यो सेवा सुरुमा नै लिएको छु । खोपको प्रयोगपछि मलाई शरिरमा कुनै भिन्नता महशुस भएको छैन ।’

अमेरिका विश्वकै सबैभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*