१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनका छोरामाथि कर छलीको आरोप

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ ।

हन्टर बाइडेनले भने आफु निर्दोष रहेको भन्दै आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको र कानुनी ढंगले सही निर्णय आउनेमा आफु विश्वस्त रहेको जनाउनु भएको छ ।

सन् २०२० को चुनाव अभियानमा हन्टर रिपब्लिकन पार्टीको निशानामा थिए । यो वर्षको सुरुवातमा जब डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको मुद्दा चलाइएको थियो तब पिता उप–राष्ट्रपति हुँदा हन्टर बाइडेन एक युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा समावेश थिए भन्ने विषय पनि छानबिनको दायरामा आएको थियो ।

ट्रम्पले युक्रेनमाथि हन्टर बाइडेनको अनुसन्धानका लागि दबाब दिएको र यस्तो नगरे सैन्य मद्दत रोक्ने चेतावनी पनि दिएको आरोप लागेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*