७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

अब म हुने भनेकै सभापति हो : काँग्रेस नेता कोईराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको आगामी चौधौँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।
नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले आफु सभापति पद बाहेक अरु पदमा नलड्ने उद्घोष गरेका हुन् ।

‘अब म हुने भनेकै सभापति हो, अरु पद मेरालागि हुनै सक्दैन सभापतिबाहेक अरु पद मलाई चाहिएको छैन,’ नेता कोईरालाले भने ।
विभिन्न कारणले पटक पटक सर्दै आएको महाधिवेशन अब निर्धारित समयमा हुनु पर्ने बताउँदै नेता कोईरालाले अरु पार्टी जस्तो छिन्नभिन्न हुनबाट जोगाउन गम्भीर बन्न पार्टी नेतृत्वलाई सुझाए ।
‘विधान अनुसार कांग्रेसको समय सकिसकेको हुँदा अव संविधानले दिएको व्यवस्था अनुसार भदौमा महाधिवेशन गर्र्नै पर्ने उनको जोड छ ।
‘अब पनि भनेको समयमा महाधिवेशन भएन भने कांग्रेसको हालत पनि कम्युनिष्ट कै जस्तो हुन्छ,’ नेता कोईरालाले भने ।

यस्तै, नेता कोईरालाले देशको आगामी निकास भनेको निर्वाचन नै अन्तिम विकल्प भएको बताएका छन् । त्यसका लागि कांग्रेसकै नेतृत्वमा अल्पमतको चुनावी सरकार बनाउन उपयुक्त रहेको उनले तर्क गरे ।
बर्तमान सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएर सहमतिमा नयाँ अवधारणामा आउन पनि नेता कोईरालाले दलहरुलाई आग्रह गरे ।
कार्यक्रम प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*