१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

अबको समृद्धिको आधार सहकारी : मन्त्री अर्याल

२०, चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अबको समृद्धिको आधार सहकारी भएको बताएकी छिन् ।
६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं जिल्ला संघ, काठमाडौं जिल्ला बचत संघ, राष्ट्रिय सहकारी विभाग लगायतले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले एउटा पालिका एउटा सहकारीले जिम्मा लिने गरि समृद्धिको अभियान सञ्चालन गर्नु पर्ने बताईन् ।
सहकारीमार्फत हामीले नेपालीको जीवनस्तर सुधार्न तर्फ लाग्नु पर्ने भन्दै मन्त्री अर्यालले सहकारीमा आवद्ध सदस्यलाई सीपमूलक तालिम दिएर व्यवसायीक बनाउन र उत्पादनमा लगाउन आग्रह गरिन् ।
व्यवसायीक सहकारीलाई मन्त्रालयले प्रोत्साहन स्वरुप अनुदान दिने व्यवस्था गरेको भन्दै मन्त्री अर्यालले सहकारीमार्फत नेपालीको जीवनस्तर सुधार गर्नु पर्नेमा जोड दिईन ।
अहिले सहकारीको संख्या आवश्यकता भन्दा धेरै भएको गुनासो आइरहेका बेला त्यसको मर्जिङ गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको मन्त्री अर्यालको भनाइ थियो ।
अबको पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने गरी मन्त्रालय अगाडी बढेको भन्दै उन्ले सहकारी मार्फत सातै प्रदेशका सबैभन्दा बढी गरिब भएका पालिकाहरूमा गरिब लक्षित कार्यक्रम सञ्चालन गरिने समेत बताईन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*