८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

अदालतप्रति कांग्रेसको भरोसा छ : महामन्त्री कोइराला


नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको बताएका छन् । शहीद दिवसको अवसरमा शुक्रबार नवलपुरमा आयोजित कार्यक्रममा उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको जिकिर गर्दै अदालतप्रति कांग्रेसले भरोसा राखेको उल्लेख गरे ।

महामन्त्री कोइरालाले ओली सरकार काम चलाउ भएकाले कुनै पनि महत्वपूर्ण निर्णय गर्न नमिल्ने बताए । शहीदले मुलुकप्रति गरेको योगदानलाई विर्सन नहुने भन्दै उनले देशलाई संकटबाट जोगाउन उनीहरुले देखाएको बाटोमा हिड्नु पर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, सासंद विष्णुप्रसाद लामिछाने, सासंद ओमकला गौतम लगायतले शहीद परिवारलाई राज्यले नहेरेको भन्दै गुनासो गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*