१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

अतिक्रमित नेपाली भूमि फिर्ता ल्याएरै छाड्छौं : नेपाली काँग्रेसका नेता थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताए छन् ।
आदिकवि भानुभक्त क्याम्पस तनहुँको नेपाल विद्यार्थी संघ एकाइले आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने बताएका हुन् ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन अब युवाले सङ्घर्ष गर्नुपर्ने बेला आएको समेत नेता थापाले बताएका छन् ।
आफ्नो भुमि अतिक्रमित भएको भन्दै नेपालीले आवाज उठाएको यस समयमा सीमाको विषयमा छलफल गर्न भारत तयार भएको समेत उनले बताए ।
नेपाली काँग्रेसका प्रखरबक्ताका रुपमा परिचित थापाले नेपाललाई सिङ्गापुर बनाउँछु भनेर कसैले भाषण गर्दैमा नेपाल समृद्ध बन्न नसक्ने ठोकुवा गरे । त्यसका लागि सवैको दृढ इच्क्षा शक्ति र संकल्पको आवश्यकता रहेको बताए ।
लोकतन्त्रको बाटोेबाट मात्र नेपाल समृद्ध बन्न सक्ने भन्दै नेता थापाले त्यसकालागि काँग्रेस एक ढिक्का भएर जोगाउन लागि परेको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*