६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

अख्तियार भ्रष्टाचार नियन्त्रण गर्न सफल हुनेछ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्र संवैधानिक अंगको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गराउन सफल हुने बताएकी छन् ।

आयोगको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धिमार्फत राज्यको प्रतिष्ठा र पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्‍याउन राजनीतिक दल, कर्मचारी, प्रशासन र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताइन् ।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन नसके राज्यका स्रोतहरु दुरुपयोग भई राज्यप्रणाली नै असफल हुनेतर्फ सचेत गराउँदै राष्ट्रपति भण्डारीले भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्न सम्बद्ध सबै क्षेत्र अग्रसर हुनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले अख्तियारको प्रतिवेदनमा औल्याइएका विषयहरू कार्यान्वयनमा सरकार क्रियाशील हुने विश्वास समेत व्यक्त गरिन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*