१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

अख्तियारको मुद्दा बिरुद्ध नेबिसंघ र तरुणदलद्वारा बिरोध प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुणदल र नेपाल बिद्यार्थी संघले माईतिघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा १ सय ७५ जनाविरुद्ध दायर गरेको मुद्दामा निर्दोषहरु परेको भन्दै तरुणदल र नेबिसंघले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।
संबैधानिक निकाएमा सरकारले हस्तक्षेप गरी निर्दोषलाई फसाउने र आफ्ना निकटलाई बचाउने रणनितीका साथ अगाडि बढेको भन्दै बिरोध प्रदर्शन गरिएको नेबिसंघका निलाम्वर नारायण रेग्मीले बताए ।
अख्तियारद्वारा नेपाली काँग्रसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार लगायत १ सय ७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
यसैबिच नेपाली काँग्रेसले लगातार दुईदिन सदन अवरुद्ध पारेको छ ।
पार्टीका नेता बिजय कुमार गच्छदारलाई राजनीतिक पुर्वाग्रही राखि फसाउन खोजिएको भन्दै बिहिबार र शुक्रबार सदन अवरुद्ध पार्यो ।
सरकारले राजनीतिक पुर्वाग्रह राखेर काँग्रेसका नेतालाई फसाउन लागेको भन्दै काँग्रेसले लगातार सदन अवरुद्ध पार्ने चेतावनी दिदै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*